शासनका प्रमुख आयामहरू के के हुन् ? नेपालको समकालीन शासन प्रणालीका चुनौतीहरूबारे चर्चा गर्दै समाधानका उपायहरू समेत चर्चा गर्नुहोस् ।

शासनका प्रमुख आयामहरूः
राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधिप्रक्रियामापदण्ड र कार्यशैलीको समग्रता शासन हो । शासनका आयामहरू भन्नाले राष्ट्रियअन्तर्राष्ट्रिय रूपमा शासन पद्दतिलाई हेर्ने साझा दृष्टिकोणहरूलाई बुझिन्छ । अतः शासन पद्दतिका निम्न साझा दृष्टिकोणहरूनै शासनका प्रमुख आयामहरू हुन् ।
क)     राजनीतिक आयाम: मूलभूत रूपमा शासन राजनीतिक विषयवस्तु हो । सरकारको स्वरूपसंविधानराज्य शक्तिको प्रयोग जस्ता विषयवस्तुहरू शासनको राजनीतिक आयाम अन्तर्गत पर्दछन् ।
ख)    प्रशासनिक आयाम: राज्य संचालनका क्रममा सरकारले अंगालेको प्रशासनिक परिपाटीलाई शासनको प्रशासनिक आयाम भनिन्छ । सार्वजनिक सेवाको व्यवस्थापनसेवामा जनताहरूको पहुँचको अवस्था आदि यस भित्र पर्दछन् ।
ग)     वित्तीय/आर्थिक आयाम: शासनले वहन गर्नुपर्ने वित्तीय जवाफदेहिताको पक्ष शासनको वित्तीय आयाम हो । शासन संचालनका क्रममा गरिने गतिविधिहरूमा वित्तीय उत्तरदायित्वको पक्षलाई वित्तीय आयामको रूपमा लिन सकिन्छ । साथै अर्थतन्त्रको स्वरूप समाजवादीपूँजीवादीमिश्रित आदि आर्थिक आयाम भित्र पर्दछन् ।
घ)     समन्वयात्मक आयाम: शासन संचालनका क्रममा बहुक्षेत्र र बहुपात्रसँगको समन्वय र सहकार्यको पाटो शासनको समन्वयात्मक आयाम अन्र्तगत पर्दछन् । शासन प्रक्रियामा निजीसामाजिक क्षेत्र एवं सामुदायिक क्षेत्रको पहुँचआवाज र सहभागिताको मापन यस आयाम मार्फत  गरिन्छ ।
नेपालको समकालीन शासन प्रणालीका चुनौतीहरू :
नेपालको वर्तमान शासकीय प्रणाली केही चुनौतीहरूबाट गुज्रिरहेको छ । शासन प्रणालीका चुनौतीहरूलाई निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ,
**    
हालै सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनबाट निर्माण भएको संविधानसभाबाट संविधान जारी गरी प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै लामो समयको राजनैतिक संक्रमणकालबाट राष्ट्रलाई मुक्त गर्नु,
**    
राज्यको पुनर्संरचनाका लागि संघीय स्वरूपको सर्वमान्य आधारहरूअधिकारको बाँडफाड तथा संघीय प्रणालीको व्यवस्थापन गर्नु,
**    
द्वन्द व्यवस्थापनलाई निष्कर्षमा पु¥याई शान्ति,सुरक्षा तथा अमनचयनको प्रत्याभुति गर्नु,
**    
राष्ट्र निर्माण र सामाजिक आर्थिक रूपान्तरणको राष्ट्रिय लक्ष्यलाई मूर्त रूपमा उतार्नु,
**    
जनआन्दोलन तथा संविधानसभा सदस्य निर्वाचनका क्रममा दिइएका आश्वासनघोषणापत्रप्रतिवद्धता पत्रलाई कार्यरूपमा परिणत गरी आम नागरिकहरूको अपेक्षालाई मूर्तरूप प्रदान गर्नु,
**    
शासकीय सक्षमता कायम राख्दै सुशासननयाँ सार्वजनिक सेवाउत्तरदायी शासन तथा विद्युतीय शासन जस्ता शासकीय अवधारणहरूको कार्यान्वयन र शीघ्र व्यवस्थापन गर्नु,
**    
बहुस्तरीय शासन प्रणालीका अवधारणात्मक पक्षहरूलाई परिवर्तित सन्दर्भ अनुसार अनुकूल बनाउनु ।
नेपालको शासन प्रणालीमा रहेका चुनौतीहरू समाधानका उपायहरूः
**    
शासकीय व्यवस्थामा आवश्यक पर्ने नीतियोजना तथा कार्यक्रमलाई कार्यान्वयनयोग्य तथा गतिशील बनाउँदै सुशासन कायम गर्न जोड दिने,
**    
संविधानसभाबाट जनताको Voice र Choice लाई सम्बोधन हुनेगरी जनमैत्री संविधान यथासमयमै जारी गर्ने,
**    
विभिन्न राजनीतिक दलहरूमा राष्ट्रिय स्वार्थका विषयमा ऐक्यवद्धता र समझदारी कायम गर्न प्रतिवद्ध हुने,
**    
विकेन्द्रीकरणको मूल्य र मान्यतालाई आत्मसात गर्दै एकात्मक केन्द्रीय शासन प्रणालीको अन्त्य गर्ने,
**    
आम नागरिक र सरकार बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै राष्ट्रिय स्वार्थलाई ओझेलमा पार्ने गरी अनावश्यक रूपमा उत्पन्न द्वन्दलाई सहकार्य मूलक ढङ्गबाट समाधान गर्ने,
**    
शासन प्रणालीको नीति तर्जुमाकार्यान्वयनमुल्याकंन जस्ता पक्षहरूमा देशमा विद्यमान सबै वर्गक्षेत्रलिङ्गको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने,
**    
शासन प्रणाली संचालन गर्ने सरकार अन्तर्गतका निकायहरूलाई समयानुकूल बनाउन सुधारका कार्यक्रमहरूलाई वढावा दिने,
**    
विश्वव्यापी रूपमा शासन प्रणालीका सन्दर्भमा विकसित अवधारणालाई नेपालको शासन प्र्रणाली सँग आवद्धता गराउने ।
नेपालको शासन प्रणालीमा देखिएका माथि उल्लिखित अल्पकालीन तथा दीर्घकालीन चुनौतीहरूको उचित संबोधन सहित सुधारका कार्यसूचीहरूलाई कार्य रूपमा परिणत गर्नुपर्ने आवश्यकता देखिएको छ । यसबाट नै नेपालको शासकीय सक्षमताको अभिवृद्धि भई समृद्धआधुनिकन्यायपूर्ण नयाँ नेपाल निर्माणको मार्गप्रशस्त हुन सक्दछ । 

Post a Comment

0 Comments