नेपालको भूगोल

नेपालको भूगोल

भूको अर्थ पृथ्वी र गोलको अर्थ वर्णन हो । भूगोलले पृथ्वीको संरचनाजलवायुजीवजन्तुवनस्पति,माटोखानी एवं मानवीय क्रियाकलापको अध्ययन गर्दछ । भूगोल विषयलाई सामान्यतः दुई भागमा बाँडिएको पाइन्छ जसमा १) भौतिक भूगोल र २) मानव भूगोल पर्दछन ।  
भौतिक भूगोल अन्तर्गत ,भूआकृति विज्ञानजलवायु विज्ञान र जीव विज्ञान विषय अध्ययन गरिन्छ र मानव भूगोल अन्तर्गत– आर्थिकराजनीतिकऐतिहासिकसामाजिकऔद्योगिकजनसांखिककृषि,साँस्कृतिकप्रादेशिक आदि विषयहरू अध्ययन गरिन्छ । 
नेपालको भौतिक भूगोल
अवस्थिति
नेपाल पृथ्वीको २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको भूपरिबेष्ठित देश हो । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको मध्यखण्ड अन्तर्गत पर्ने नेपालले विश्व क्षेत्रफलको ०.०३ प्रतिशतएसियाको ०.३ प्रतिशत ओगटेको र कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. रहेको छ । पूर्वपश्चिम लम्बाई ८८५ कि.मि. र उत्तर दक्षिण लम्बाई बढीमा २४१ कि.मि. देखि कममा १४५ कि.मि. र सरदर चौडार्ई १९३ कि.मि. रहेको छ । नेपालको सीमाना उत्तरमा चीन र पूर्वपश्चिम र दक्षिणमा भारत पर्दछ । जुन चीन नेपालभन्दा ६५ गुणा र भारत २२ गुणाले ठूला छन् । नेपालबाट नजिकको समुद्री बन्दरगाह बङ्गालको खाडी नेपालबाट ११२६ कि.मि. टाढा पर्दछ भने नजिकको  तेस्रो मुलुक बङ्गलादेश २७ कि.मि. टाढा रहेको छ भने चौथो मुलुक भुटान ३२ कि.मि. टाढा रहेको छ । बीचको २७ कि.मि. भाग भारतका पूर्वी प्रान्तहरू जोड्ने भागको रूपमा रहेको छ जसलाई Duck Neck (हाँसको घाँटी) भनिन्छ । नेपालको सीमानामा पूर्वबाट भारतका सिक्किमदार्जिलिङबङ्गालविहार र उत्तर प्रदेश प्रान्तहरु पर्दछन् । नेपालको चीनसँगको सीमाना १४१५ कि.मि. र भारतसँग १८०८ कि.मि. गरी जम्मा फेरो ३२२३ कि.मि. रहेको छ । 
नेपालको सबैभन्दा उत्तरी बिन्दु : हुम्लाको चाङ्ला भन्ज्याङ्ग
नेपालको सबैभन्दा पूर्वी बिन्दु : ताप्लेजुङ
नेपालको सबैभन्दा दक्षिणी विन्दुः झापा (लोदावरी)
नेपालको सबैभन्दा पश्चिमी बिन्दु : कञ्चनपुरको दोधारा हो ।
जिल्लाले समेट्ने क्षेत्रको आधारमा विभाजन
भौगोलिक क्षेत्र
  जिल्ला   
 संख्या    
क्षेत्रफल
हिमाली प्रदेश
१६
१५%
(२२०७७.१५ वर्ग कि.मि.)
पहाडी प्रदेश
३९
६८%
(१०००८३.०८ वर्ग कि.मि.)
तराई प्रदेश
२०
१७५%
(२५०२०.७७ वर्ग कि.मि.)
धरातलीय स्वरूपको आधारमा विभाजनः 
प्रदेश 
उचार्ई   
              क्षेत्रफल
हिमाली क्षेत्र
(३०००८८४८ मि.)
३५%   (५१५१३.३५ बर्ग कि मि)
पहाडी क्षेत्र
(६००३००० मि.) 
४२%  (६१८१६.०२ ब कि मि)
तराई क्षेत्र 
(७०६०० मि.)
२३%  (३३८५१.६३ ब कि मि)
(स्पष्टिकरणः जिल्लाले ओगटेको क्षेत्र र वास्तबिक धरातलीय स्वरुपको आधारमा हुने क्षेत्रफल फरक फरक हुन जान्छ । जस्तो नवलपरासी जिल्लाको क्षेत्रफल तराइको जिल्लाको रुपमा गणना गरिन्छ तर बास्तविक धरातलिय स्वरुप हेर्दा यसमा पहाडी क्षेत्र समेत पर्दछ । )
हिमाली प्रदेश :
           समुन्द्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाईमा अवस्थित तथा तिब्बतको दक्षिण सीमानासम्म फैलिएको भूभागलाई हिमाली प्रदेश भनिन्छ ।
           उत्तरदक्षिण २५ कि.मि. देखि ५० कि.मि. सम्मको चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५% भूभाग ओगटेको छ । 
           पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
           भूबनौटको हिसाबले यो प्रदेशलाई पनि मुख्य हिमालभित्री हिमाल र सीमान्त हिमाल गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
           नेपालको राष्ट्रिय जनगणना२०६८ को अन्तिम प्रतिवेदनका अनुसार नेपालको कूल जनसंख्याको ६.७३% जनता यस क्षेत्रमा बसोबास गर्दछन् । 
           नेपालको १६ जिल्लाको अधिकांश भूभाग यही प्रदेशमा पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा पर्दछन् ।
           यस क्षेत्रमा खासगरी शेर्पाथकालीभोटेमनाङी आदि जातिका मानिसहरू बसोबास गर्दछन् भने मुख्य पेशाका रूपमा पशुपालन र पशुजन्य उत्पादनलाई लिन सकिन्छ । 
क) मूख्य हिमाल :
            ५००० मिटरभन्दा अग्ला सबै हिमाली श्रृङ्खलाहरू पर्ने क्षेत्रलाई मुख्य हिमाली क्षेत्र भनिन्छ । यस क्षेत्रमा  विश्वका ८००० मिटर भन्दा अग्ला १४ सर्वोच्च शिखरहरू मध्ये ८ वटा नेपालका हिमशिखरहरू पर्दछन् । मूख्य हिमाली क्षेत्र हिमरेखा भन्दा माथि रहन्छ  र निकै ठन्डा तथा सुख्खा रहन्छ । 
ख) भित्री हिमाल :
            मुख्य हिमालको उत्तर र तिब्बतीय सीमान्त प्रदेशको दक्षिणमा चारैतिर उच्च हिमश्रृङ्खलाले घेरिएको हिमाली उपत्यकाहरूलाई भित्री हिमाल वा नेपालको भोट प्रदेश पनि भनिन्छ । यस अन्तर्गत २४०० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा रहेका हिमश्रृङ्खलाहरू पर्दछन् । मूख्य हिमालको उत्तरी ढालमा पर्ने भएकोले यो क्षेत्रमा पश्चिम तथा दक्षिण तर्फबाट बहने बायुको प्रभाव पर्न पाउँदैन तसर्थ यो क्षेत्रमा वर्षा पनि निकै कममात्र हुन्छ । 
ग) सीमान्त हिमाल :
मुख्य हिमालको उत्तरतिब्बती सीमाक्षेत्रको दक्षिण ३०४५ कि.मि. चौडाईमा  नेपालको पश्चिमी भागमा अति उच्च हिमशिखरहरूभन्दा केही होचा मझौला उचाईका हिमशिखर पाइने क्षेत्रलाई सीमान्त हिमाल भनिन्छ ।
हिमाली प्रदेशमा पर्ने जिल्लाहरूः
सि.नं.
जिल्लाको नाम
सि.नं.
जिल्लाको नाम
१.
  ताप्लेजुङ
  ९.
 मुस्ताङ
२.
  संखुवासभा
  १०. 
  डोल्पा
 ३.
  सोलुखुम्वु 
  ११.
  हुम्ला
 ४.
   दोलखा
  १२.
   जुम्ला
 ५.
  सिन्धुपाल्चोक
  १३.
  वझाङ
 ६. 
  रसुवा
  १४.
  कालिकोट
 ७.
  गोरखा
   १५.
  मुगु
 ८.
  मनाङ
   १६.
 दार्चुला
पहाडी प्रदेश :
           यो तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचार्ईमा झण्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
           नेपालको कूल क्षेत्रफलको ६८ % भूभाग ओगटेको
           नेपालका ३९ जिल्लाहरू र पाँचै विकासक्षेत्रका सदरमुकामहरू पर्ने ।
           नेपालको राष्ट्रिय जनगणना २०६८ को अन्तिम प्रतिवेदनका अनुसार कूल जनसंख्याको ४३%  प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।
           कृषि पेशानै यहाँको प्रमुख पेशा
           भित्री पहाड (मध्य भूमि)महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उपक्षेत्रमा बाँड्न सकिन्छ ।
           यहाँ ब्राम्हणक्षेत्रीकिराँतगुरुङमगरतामाङराईलिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।
(क) मध्य भूमि (भित्री पहाड):
           हिमालय प्रदेशको दक्षिण र महाभारत श्रृङ्खलाको उत्तरमा अवस्थित मध्यभूमि अर्थात भित्री पहाडको चौडाइ करिब २५ देखि ५० कि.मि. (उत्तरदक्षिण) रहेको छ भने उचार्ई समुद्र सतहदेखि करिब ६०० मिटर देखि १५०० मिटरसम्म छ ।
           विश्वकै गहिरो (४५७ मिटर)  अरुण उपत्यका यसै क्षेत्रमा पर्दछ ।
           यस क्षेत्रमा विभिन्न टारहरू  र कोशीगण्डकीत्रिशुलीसुनकोशी,अरुण तथा तमोर नदीद्वारा निर्मित उपत्यकाहरू पर्दछन् ।
(ख)      महाभारत लेक :
           मध्यभूमिको दक्षिणमा हिमालय पर्वत श्रेणीभन्दा अलिक होचो पूर्वदेखि पश्चिम फैलिएको पहाडहरूको श्रृङ्खलालाई नै महाभारत लेक भनिन्छ ।
           यसको उचाई समुद्र सतहदेखि करिब १५०० देखि ३००० मिटरसम्म रहेको छ ।
           ग्राफाइटग्रेनाइटस्लेटबलौटे ढुङ्गा,चुनढुङ्गा आदि विभिन्न चट्टानहरूबाट निर्मित यो पर्वतलाई लघु हिमाल वा होचो हिमाल वा मध्य हिमाल पनि भन्ने गरिन्छ ।
           यो क्षेत्रलाई कोशीगण्डकीकर्णाली आदि नदीहरूले काटेका छन् ।
           रमणीय र स्वस्थकर हावापानी भएको कारणले महाभारत पर्वत श्रेणीलाई नेपालको हावाखोरी पनि भनिन्छ । 
           महाभारतको सबै भन्दा अग्लो शैलुङ पर्वत दोलखा जिल्लामा पर्दछ । 
(ग)       चुरे पर्वत :
           महाभारत पर्वत श्रृङ्खलाको दक्षिणी भागमा तराईको मैदानी भागदेखि २०० देखि ६०० फिटसम्मको अग्लो पहाडलाई चुरे पर्वत (शिवालिक श्रेणी) भनिन्छ । 
           यो पर्वत बलौटे ढुङ्गारोडाकंकडपत्थरबालुवाअभ्रख आदि मिलेर बनेको छ ।
           पूर्वमा होचो तर पश्चिममा क्रमशः अग्लिदै गएको चुरे पर्वतको सबैभन्दा अग्लो भाग ९४६२ फिट उचार्ई कैलाली जिल्लामा पर्दछ । यसलाई गार्वा भनिन्छ ।
पहाडी प्रदेशमा पर्ने जिल्लाहरूः               
सि.नं.
जिल्लाको नाम
सि.नं
जिल्लाको नाम
सि.नं.
जिल्लाको नाम
सि.नं 
जिल्लाको नाम
१. 
पाँचथर
११.  
काभ्रेपलाञ्चोक
२१.
धादिङ्ग
३१.
जाजरकोट
२.
इलाम
१२.
नुवाकोट
२२
पर्वत
३२.
सुर्खेत
३. 
धनकुटा
१३.  
काठमाडौं
२३.
म्याग्दी 
३३.
दैलेख
४.
तेह्रथुम
१४.
भक्तपुर  
२४.
स्याङ्जा
३४
डोटी
५.
भोजपुर 
१५. 
ललितपुर 
२५.
गुल्मी
३५.
वाजुरा
६. 
उदयपुर
१६.
मकवानपुर
२६. 
पाल्पा
३६.
अछाम
७.
खोटाङ
१७.
लमजुङ 
२७.
अर्घाखाँची
३७.
डडेल्धुरा
८.  
ओखलढुंगा
१८.
तनहुँ
२८.
सल्यान
३८.
वैतडी
९. 
रामेछाप
१९. 
कास्की
२९.
प्युठान
३९. 
रुकुम 
१०
सिन्धुली
२०. 
वाग्लुङ
३०. 
रोल्पा   


 तराई प्रदेशः
--    
नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतहबाट ७० मिटर देखि ६०० मिटरसम्मको उचार्ईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
--    
उत्तर दक्षिण फैलावट  २५ देखि ३० किलोमिटरसम्म रहेको,
--    
नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछन् ।
--    
नेपालको राष्ट्रिय जनगणना २०६८ को अन्तिम प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथलीभोजपुरीअवधिथारु जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
--    
औद्योगिकव्यापारिक एवं यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूलाठूला औद्योगिक सहरहरू रहेका छन् ।
--    
उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
--   
यस क्षेत्रलाई मूख्य तराईभावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।
मूख्य तराईः 
-- 
नेपालको सबैभन्दा दक्षिणी भागमा रहेकोदक्षिण तर्फ होचिदै गएको  भूभागलाई मुख्य तराई भनिन्छ ।
-- 
मिहिन पाँगो माटोले बनेको कृषिका लागि उर्वर भूमि भएकाले नेपालको अन्नको भण्डार समेतको रूपमा चिनिने,
-- 
समुन्द्र सतह देखि २०० मिटर उचार्र्ईमा रहेको यस क्षेत्रको चौडाई करिब २५ देखि ३० कि.मी. रहेको,
--  
यस भागलाई नेपालको अन्न भण्डार पनि भन्ने गरिन्छ । तराईको मैदानी भागलाई समेत पूर्वी तराई,मध्य तराई  र पश्चिमी तराई गरी विभाजन गरिएको छ  
भावर प्रदेशः 
--    
खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचार्र्ईसम्म फैलिएको साँगुरो पेटिलाई भावर क्षेत्र भनिन्छ ।
--    
बालुवायुक्तफुस्रो नरम माटोले बनेको समुन्द्र सतहभन्दा करिब ३०० मिटरको उचार्ईमा रहेको,
--    
पूर्व पश्चिम लम्बाई १२५ देखि ४०० कि.मी.सम्म र चौडाई १० देखि १५ कि.मी. सम्म फैलिएको छ,
--   ‘
हरियो वन नेपालको धन’ भनी उखान प्रचलित गराउनमा भूमिका खेल्ने चारकोशे झाडी यसै क्षेत्रमा पर्दछ ।
भित्री मधेसः
--   
चुरे र महाभारत पर्वत श्रेणीबीचमा ६०० मिटरको अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाई भित्री मधेस वा दुन क्षेत्र भनिन्छ ।
--   
३२ देखि ६४ कि.मी. सम्म लम्बाई र १६ कि.मी. सम्म चौडाई भएको नेपालको कूल क्षेत्रफलको ८.५ % भूभाग समेटिएको छ ।
--   
उदयपुरसिन्धुलीनवलपरासीचितवनदाङमकवानपुर र सुर्खेत गरी ७ जिल्ला पर्दछन् ।
--   
पहाडको बीचमा रहेकोले यस क्षेत्रमा न्यानो हावापानी पाइन्छ ।
तराई प्रदेशमा पर्ने जिल्लाहरू
सि.नं.
जिल्लाको नाम
सि.नं.
जिल्लाको नाम
सि.नं
जिल्लाको नाम
सि.नं
जिल्लाको नाम
१.
झापा
६. 
धनुषा
११.
रौतहट
१६.
दाङ
२.
मोरङ
७.
महोत्तरी
१२.
चितवन
१७.
वाँके
३.
सुनसरी
८.
सर्लाही
१३.
नवलपरासी
१८.
वर्दिया
४.
सप्तरी 
९.
बारा
१४.
कपिलवस्तु  
१९.
कैलाली
५. 
सिराहा
१०.
पर्सा
१५.
रूपन्देही
२०.  
कंचनपुर
नेपालको विकासक्षेत्रअञ्चलजिल्लाहरूको सदरमुकामः
क्र.सं
विकास क्षेत्र
  क्षेत्रफल
क्षेत्रीय सदरमुकाम
१.
पूर्वाञ्चल
२८,४५६ वर्ग कि.मी.
धनकुटा
२.
मध्यमाञ्चल 
२७,४१० वर्ग कि.मी.
हेटौडा
३.
पश्चिमाञ्चल
२९,३९८ वर्ग कि.मी.
पोखरा (कास्की)
४.  
मध्यपश्चिमाञ्चल
४२,३७८ वर्ग कि.मी.
वीरेन्द्रनगर (सुर्खेत)
५.
सुदुर पश्चिमाञ्चल
१९,५३९ वर्ग कि.मी.
दिपायल (डोटी)
नेपालका ८००० मीटर माथिका हिमालहरू (नामउचाई र हिमश्रृखला):
  क्र.सं.  
हिमालयको नाम
उचाई
हिमश्रृंखला
१.
सगरमाथा
,८४८ मीटर
खुम्बु वा महालंगुर
२. 
कञ्चनजंगा
,५८६ मीटर
कञ्चनजंगा
३.
ल्होत्से 
,५१६ मीटर
खुम्बु वा महालंगुर
४.
मकालु 
,४६३ मीटर
कुम्भकर्ण
५.
चोयू 
,२०१ मीटर
खुम्बु वा महालंगुर
६.
धवलागिरी
,१६७ मीटर
धवलागिरी
७.
मनासलु
,१६३ मीटर
मनासलु
८.
अन्नपूर्ण
 ,०९१ मीटर
अन्नपूर्ण
  भारतलाई मात्र छुने जिल्ला निम्नानुसार छ
सि.नं.
जिल्ला
सि.नं.
जिल्ला
सि.नं.
जिल्ला
१.
वैतडी 
९.
रूपन्देही
१७
धनुषा
२.
डडेल्धुरा
१०.
नवलपरासी
१८
सिराहा
३. 
कंचनपुर  
११.
चितवन
१९
सप्तरी
४.
कैलाली
१२.
पर्सा
२०
सुनसरी
५.
बर्दिया
१३.
रौतहट  
२१
मोरङ
६.  
 वाँके
१४.
वारा 
२२  
झापा
७.
 दाङ
१५.
सर्लाही
२३
इलाम
८.
कपिलवस्तु
१६.
महोत्तरी
२४  
पाँचथर
चीनलाई मात्र छुने जिल्ला देहाय अनुसार छन् ।
सि.नं.
जिल्लाको नाम
सि.नं. 
जिल्लाको नाम
१.
वझाङ
८.
धादिङ
२.
मुगु
९.
रसुवा
३.
हुम्ला
१०.
सिन्धुपाल्चोक
४.
डोल्पा
११.
दोलखा
५. 
मुस्ताङ
१२. 
सोलुखुम्वु
६. 
मनाङ
१३.
संखुवासभा
७. 
गोरखा 
भारत र चीन दुवैलाई छुने जिल्लाहरु दार्चुला र ताप्लेजुङ हुन् ।
पासाड्ड ल्हामु चुलीः 
    पासाङ्ग ल्हामु नेपालको सगरमाथा आरोहण गर्ने प्रथम र विश्वकै १७ औं महिला हुन् र उनकै स्मृतिमा खुम्बु हिमश्रृंखलामा पर्ने ७,३५१ मीटर अग्लो जासम्बा हिमचुलीको नाम परिवर्तन गरी पासाङ्ग ल्हामु चुली नामाकरण गरिएको छ । यस हिमचुलीको आरोहणवापत प्राप्त हुने रोयल्टी पासाङ्गल्हामु पर्वतारोहण प्रतिष्ठानलाई प्रदान गरिन्छ ।
शान्ति शिखरः सोलुखुम्बु जिल्लाको खुम्बु वा महालंगुर हिमश्रृंखलामा पर्ने ७५९१ मीटर अग्लो Pick -३८ लाई नेपाल सरकारले मिति २०४८ पुस २३ गते शान्ति शिखर नामाकरण गरी पर्वतारोहणका लागि खुल्ला गरेको छ ।
खुम्बु्/महालंगुर हिमश्रृंखलामा पर्ने ५ प्रमुख हिमालहरूः
क.    सगरमाथा           –    ,८४८ मीटर
ख.    ल्होत्से               –    ,५१६ मीटर
ग.    चोयू                   –    ,२०१ मीटर
घ.    पुमोरी                 –    ७१६१ मीटर
ङ.    सार्जे (शान्ति पिक)  –    ७५९१ मीटर
कन्चनजंगा हिमश्रृंखलामा पर्ने प्रमुख ५ हिमालहरूः
क.
कन्चनजंगा (पाँच चुलीको हिमाल)
,५८६ मीटर
ख.
यालुङकाङ  
,५०५ मीटर
ग.
काङवाचेन 
,९०३ मीटर
घ. 
किराँत चुली
 ,३६५ मीटर
ङ.
कुम्भकर्ण 
  ,७१० मीटर
दशगजाः 
    
नेपालको र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धीपछि नेपालको भूभाग पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म सीमित हुन जाँदा नेपालको दक्षिणी भेग र भारतवीचको सीमा छुट्याउन प्रयोग भएको दश गज चौडाई भएको भूक्षेत्र नै दशगजा हो । यो सीमाक्षेत्र कहाँकहाँबाट गएको छ भनी थाहा पाउन निश्चित अन्तरमा विभिन्न आकार र उचाईका खम्बाहरू गाडिएका छन् ।
नयाँ मुलुकः 
    
सन् १८५७ मा भारतमा भएको सैनिक विद्रोह दबाउन इष्ट इण्डिया सरकारलाई सहयोग गरेवापत नेपालको सुगौली सन्धीका बखत गुमाउनु परेका तर फिर्ता पाएका  भूभागलाई नयाँ मुलुक भनेर चिनिन्छ । ती चार जिल्लामा हाल नेपालका बाँकेबर्दियाकैलाली र कञ्चनपुर जिल्ला पर्दछन् । यस भूभागलाई फिर्ता दिलाउने विषयको सन्धीमा नेपालका तर्फबाट जंगबहादुर राणा र इष्टइण्डियाका तर्फबाटL.C जर्ज ट्याम्जेबाट १ नोभेम्बर १८६० मा हस्ताक्षर भएको थियो ।
श्रीलंका टप्पुः
    
कोशी नदीको जलमार्ग परिवर्तन हुँदा कोशी नदीको पूर्वी तटमा बनेका उदयपुरसप्तरी र सुनसरी जिल्लामा पर्ने पाँच वटा टापुको समूहलाई श्रीलंका टप्पु भनिन्छ । यो क्षेत्रलाई फलफुल र तरकारी खेतीको लागि उर्वरभूमीको रूपमा समेत हेर्ने गरिन्छ ।
भौगोलिक अवस्था सम्बन्धी विविध जानकारीः
--  
नेपालको सबैभन्दा होचो हिमरेखा ४५०० मिटरमा रहेको रूपीनाला हो । जुन नेपालको गोरखा जिल्लामा अवस्थित छ ।
--    
महाभारत पर्वतको सबैभन्दा अग्लो स्थान शैलुङ्ग दोलखा जिल्लामा पर्दछ ।
--   
चुरे पर्वतको सबैभन्दा अग्लो भाग गार्वा नेपालको कैलाली जिल्लामा पर्दछ ।
--    
लघु हिमाल भनेर महाभारत पर्वतलाई भनिन्छ ।
--    
मध्य भूमि भन्नाले महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीको  वीचको उपत्यकाटार,वेसीहरूलाई बुझाउँछ ।
नेपालको हावापानी 
हावापानीको आधारमा नेपालको बिभाजनः
    
फरकफरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा बिभाजन गर्ने गरीएको छः
१. उष्ण मनसुनी हावापानी समुन्द्रीसतह देखि १२०० मिटरसम्मको उचार्र्ईमा,२. न्यानो समशीतोष्ण हावापानी    —१२०० देखि २१०० मिटरसम्म,३. ठण्डा समशीतोष्ण हावापानी    —२१०० देखि ३३०० मिटरसम्म,४. लेकाली हावापानी             —३३०० देखि ५००० मिटरसम्म,५. टुण्ड्रा हिमाली हावापानी          —५००० मिटरदेखि माथि ।
उष्ण मनसुनी हावापानीः
-- 
नेपालको समुद्र सतह देखि करिब १२०० मिटर (४०००फिट) उचार्ईसम्मका क्षेत्रहरू तराईभावर,दुन र चुरे पर्वतको फेदतिर पाइने हावापानीलाई उष्ण हावापानी    क्षेत्र भनिन्छ ।
--  
यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५५ डिग्री से.सम्म ओर्लिन्छ ।
-- 
अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छजसमा बर्दियानेपालगन्जकैलालीभैरहवा,विराटनगरबुटवल जस्ता ठाउँहरू पर्दछन् ।
-- 
वर्षा ऋतुमा यहाँ सरदर २०० सेन्टिमिटर (१३००२६०० मिलिमिटर) सम्म वर्षा हुन्छ भने गृष्म ऋतुमा तातो हावा (लु) वहन्छ ।
-- 
जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्य (विशेषतः धान र जुट) का लागि उपयोगी मानिन्छ ।
न्यानो समशीतोष्ण हावापानीः
    
चुरे पहाड र महाभारत पर्वतको १२०० मिटरदेखि २१०० मिटरसम्मको उचार्ईमा पाइने हावापानीलाई न्यानो समशीतोष्ण हावापानी भनिन्छ ।
--    
यस क्षेत्रमा गृष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ ।
--    
गृष्म ऋतुमा तापक्रम २४३० डिग्री से.सम्म पुग्दछ भने हिउँदमा ० डिग्री से. सम्म ओर्लिन्छ ।
--    
गर्मीमा यस क्षेत्रमा १२५ सेन्टिमिटर सम्म वर्षा हुन्छ । वर्षा दक्षिणबाट उत्तरतर्फ क्रमशः कम हुँदै जान्छ ।
ठण्डा समशीतोष्ण हावापानीः
     
महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा २१००३३०० मिटर सम्मको उचार्र्ईमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ ।
--  
यस क्षेत्रमा तापक्रम १५२० डिग्री सेल्सियस र जाडोमा ० डिग्री से. भन्दा तल हुन्छ । गर्मीमा वर्षा १०० सेन्टिमिटरसम्म हुन्छ भने हिउँदमा हिउँ वर्षिन्छ ।
--  
न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाति अत्यन्तै कम हुन्छ र जीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।

लेकाली हावापानीः
--  
३३०० मिटरदेखि ५००० मिटर उचार्र्ईसम्मको हिमाली क्षेत्रको शुष्क ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ ।
--  
यो क्षेत्रमा गर्मीमा १०१५ डिग्री से. सम्म तापक्रम पाइन्छ भने जाडोमा ० डिग्री सेल्सियम भन्दा तल पुग्दछ ।
--  
यहाँ वर्षभरिमा करिब ४० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
-- 
यस्तो हावापानी भएको क्षेत्रमा खेतीपाति हुँदैन तर पशुपालनका लागि राम्रो मानिन्छ ।
टुण्ड्रा हावापानीः
समुन्द्र सतहबाट ५००० मिटरभन्दा माथिको उचार्र्ईंमा रहेको उच्च हिमाली क्षेत्रमा पाइने हावापानीलाई टुण्ड्रा हावापानी भनिन्छ ।
-- 
यहाँको तापक्रम ० डिग्री सेल्सियस भन्दा कम र वर्षाको रूपमा हिउँ नै वर्षन्छ ।
-- 
यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ ।
-- 
यहाँको हावापानीलाई हिमाली मरुभूमि जलवायु पनि भनिन्छ ।
हावापानीको आधारमा ऋतुहरूको विभाजनः
नेपालको हावापानीको आधारमा निम्नानुसार ६ वटा ऋतुहरूमा विभाजन गरिएको छ ।
सि नं  
महिना
     ऋतु 
विशेषता
  
चैत र बैशाख
वसन्त ऋतु 
पालुवा पलाउनेरमाईलो वातावरण
  
जेठ र असार
ग्रीष्म ऋतु 
 अत्यन्त गर्मि हुने
 
साउन र भदौ
वर्षा ऋतु 
अत्याधिक वर्षा हुने
 
असोज र कात्तिक
शरद ऋतु
अनुकुल वातावरण
  
मंसिर र पुस
हेमन्त ऋतु  
ठण्डा वा चिसोको अनुभव
माघ र फागुन 
शिशिर ऋतु 
हिँउ पर्नेबढी जाडो हुने
ऋतु परिवर्तनका कारणः 
–    
पृथ्वी गोलाकार हुनु,
–    
पृथ्वीको अक्ष ६६½ डिग्रीको कोणमा ढल्कनु,
–    
पृथ्वीले सूर्यको परिक्रमा गर्नु,
–    
पृथ्वीको कक्ष अण्डाकार हुनु,
–    
पृथ्वीको अक्ष सधै एकनास रूपमा ढल्कनु
नेपालको हावापानीलाई असर पार्ने मुख्य तत्वहरूः
—     
समुन्द्री सतहदेखिको उचाई
—     
अक्षांशीय अवस्थिती
—     
जमिनको अवस्थिती
—     
सामुन्द्रिक दुरी
—     
वन क्षेत्रको क्षेत्रफल
हावापानी विविधः
-- 
एशियाको चेरापूँन्जी भनेर लुम्ले (कास्की)लाई चिनिन्छ ।
-- 
नेपालमा मनसुनको प्रवेश वंगालको खाडीबाट हुन्छ ।
-- 
एउटै अक्षांश रेखामा पर्ने भएतापनि नेपालगंज र नाम्चे बजारमा फरक फरक हावापानी पाइन्छ । (उचाइको कारणले)
--  
नेपालमा सबैभन्दा बढी जाडो हुने ठाउँ मुस्ताङ्ग हो ।
--  
नेपालमा सबैभन्दा बढी गर्मि हुने ठाउँ बर्दिया हो ।
--  
नेपालमा सबैभन्दा बढी वर्षा हुने स्थान लुम्ले (कास्की) हो ।
वृष्टि छायाँ 
    
एकापट्टी बर्षा हुने र अर्कोपट्टी सो बाट उत्पन्न छायाँलाई वृष्टि छायाँ भनिन्छ । यो  आद्रतायुक्त वायु वहँदा  उच्च हिमाली तथा पहाडी भेगमा ठोक्किन गई एकातिर वर्षा हुने विपरित क्षेत्रमा सुख्खा रहने अवस्था हो । जस्तै वंगालको खाडिबाट आउने वायु नेपालका उच्च हिमालमा ठोक्किन जाँदा मनाङ्ग र मुस्ताङ्गमा सुख्खा रहँदा दक्षिणी भेगमा वर्षा हुनु ।
जलसम्पदाः
जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको समष्टिलाई जल सम्पदा भनिन्छ । जुन प्राकृतिक स्रोतको रूपमा नदी,ताल,पोखरी,झरना लगायतका बिभिन्न स्वरूपमा पाइन्छ ।
–    
जलसम्पदा नेपालको एक महत्वपूर्ण प्राकृतिक संसाधन हो ।
–    
जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
–    
देशको आर्थिक विकासका लागि महत्वपूर्ण स्थान ओगट्ने हिमनदीनदीताल आदिको समष्टि स्वरूपलाई नै जलसम्पदा भनिन्छ ।
नेपालको जलसम्पदाको प्रमुख स्रोतहरू भनेको 
*   
हिमनदीहरू
*    
नदीहरू – (करिब ६ हजारभन्दा बढी नदीनालाहरू)
*    
विभिन्न स्थानमा रहेका तालतलैया र कुण्डहरू आदि  हुन् ।
–    
नेपालको कुल क्षेत्रफलको ३.९% भूभाग नदीनालाले ओगटेको पाइन्छ ।
–    
२ लाख २ हजार मिलियन क्युविक मिटर जल भण्डार क्षमता रहेको मानिने नेपालका नदीनालाबाट लगभग ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भने आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२,००० मेगावाट विद्युत उत्पादन गर्न सकिने अनुमान छ । साथै ८०,००,००० हेक्टर जमिनमा सिंचाई उपलब्ध हुन सक्दछ ।

नेपालका नदीहरूः
नेपालमा साना ठूला गरी ६,००० भन्दा बढी नदीनालाहरू रहेका छन् । जसको कूल लम्बाई ४५,००० कि.मी. भन्दा बढी हुन आउँछ ।  ठूलो जलभण्डारका अतिरिक्त हिमालय प्रदेशदेखि निरन्तर बहने नदीहरूको बहाव क्षमताका कारण देशमा ८३,००० मेघावाट भन्दा बढी जलविद्युत क्षमता रहेको र आर्थिक तथा प्राविधिक दृष्टिले समेत ४२,००० मेघावाट जल विद्युत निकाल्न सकिने देखिन्छ । 
जलविद्युत उत्पादन क्षमता र नदीहरूः
नेपालको प्रमुख तीन नदीहरू कोशीगण्डकी र कर्णालीमा कूल जलसम्पदाको ९०% स्थान ओगट्दै देहाय बमोजिमको जलविद्युत उत्पादन क्षमता रहेको छ । कर्णाली नदीः   ३२,००० मे.वा. कोशी नदीः      २२,००० मे.वा. गण्डकी नदीः   २१,००० मे.वा. अन्य नदीः       ,००० मे.वा.
नदीहरूको स्तर विभाजनः
नेपालका नदीहरूलाई तिनीहरूको स्थायित्व र उद्गम स्रोतको आधारमा  निम्नानुसार ३ श्रेणीमा विभाजन गर्न सकिन्छः
पहिलोस्तरका नदीहरूः हिमालयको काखबाट उत्पत्ति भई निरन्तर रूपमा प्रवाहित हुने नदीहरू जस्तैः सप्तकोशीसप्तगण्डकी र कर्णाली जस्ता ठूला नदीहरू पहिलो स्तरका नदीमा पर्दछन् । यस प्रकारका नदीहरू स्थायी प्रकृतिका भएकोले सिंचाई र जलविद्युत उत्पादन गर्ने मजबुत स्रोतका रूपमा रहेका छन् ।
दोस्रो स्तरका नदीहरूः महाभारत पर्वतबाट उत्पन्न भई स्थायी रूपले बहने तर हिउँदको समयमा पानीको मात्रा कम र वर्षातको समयमा बढी हुने जस्तैः कमलाकन्काईत्रियुगाबागमतीमेचीतिनाउ,वाणगंगा आदि नदीहरू दोस्रो स्तरका नदीहरू हुन् ।
तेस्रो स्तरका नदीहरूः चुरे पहाडलाई मूल बनाई निस्केकामनसुनी वर्षामा निर्भर रही ठूलो गडगडाहटका साथ बहने र हिउँदको समयमा सुख्खा रहने खालका नदीहरू जस्तैः सिर्सियातिलावे,जमुनीरातुहर्दिनाथडुण्डुवा आदि ।
नदीको आधारमा नेपालको विभाजनः
नेपालका नदीहरूलाई तिनीहरूको बहाव क्षेत्रको आधारमा तीन भागमा विभाजन गरीएको छः
क) कोशी प्रदेशः
--
पूर्वमा कञ्चनजंघादेखि पश्चिममा लाङटाङ हिमालबीचको कोशीनदी प्रभावित क्षेत्रलाई नै कोशी प्रदेश भनिन्छ ।
-- 
कौशिक ऋषिको नामबाट नामाकरण भएको यस नदीको लम्बाई ७२० कि.मी. छ भने नेपालभित्र मात्र यसको लम्बाई १५२ कि.मी. छ ।
--  
यसको बहाव क्षमता सालाखाला १५६४ घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
--  
यस नदीले करिब ३३,००० वर्ग कि.मी. क्षेत्र सिंचित गरेको छ ।
-- 
यस नदीका प्रमुख सहायक नदीहरूमा सुनकोशीदुधकोशीइन्द्रावतीतामाकोशीअरुणतमोर र लिखु हुन् । यी मध्ये सबैभन्दा सानो लिखु र सबैभन्दा ठूलो    अरुण हो ।
--  
बिहारको दुःख समेत भनिने कोशी नदीलाई भारतमा दामोदर नदी भनिन्छ ।
--   
भारत प्रवेश गरेपछि यो नदी करसेला भन्ने स्थानमा पुगेर गंगा नदीमा मिसिन्छ ।
--   
यो नेपालको सबैभन्दा ठूलो नदी हो ।
ख) गण्डकी प्रदेशः
-- 
पूर्वमा लाङटाङदेखि पश्चिममा धौलागिरी हिमालसम्मको भूभाग नै गण्डकी प्रदेश हो ।
-- 
गण्डक ऋषिको नामबाट नामाकरण भएको नेपालको सबैभन्दा गहिरो गण्डकी नदीको नामबाट यस प्रदेशको नामाकरण गरीएको छ  
--  
गण्डकी नदी प्रवाहित क्षेत्रमा करिब २६,००० वर्ग कि.मी. क्षेत्र सिंचित रहेको छ ।
--  
गण्डकी नदीको कूल लम्बाई ३३८ कि.मी. (मुस्ताङदेखि भैसालोटनसम्म ) छ ।
-- 
यसको बहाव क्षमता १७०० घन मिटर प्रतिसेकेण्ड छ भने २१,००० मेघावाट विद्युत निकाल्न सकिन्छ ।
--  
सप्त गण्डकीको नामले प्रख्यात यस नदीका सहायक नदीहरू त्रिशुलीबुढी गण्डकीमस्र्याङ्दीमादी,सेतीदरौदी र काली गण्डकी हुन् ।
-- 
सप्त गण्डकीमध्ये काली गण्डकी सबैभन्दा ठूलो र शालीग्राम पाइने एकमात्र नेपालको नदी हो भने यसको सबैभन्दा सानो सहायक नदी त्रिशुली हो ।
--  
यो नेपालको सबैभन्दा गहिरो नदी हो ।
ग) कर्णाली प्रदेशः
--  
पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमालसम्म कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ ।
--  
कूल ५०७ कि.मी. लम्बाई भएको नेपालको भूभागमा सबैभन्दा लामो नदी कर्णालीको बहाव क्षमता करिब १३०० घन मिटर प्रति सेकेण्ड रहेको छ ।
--  
यसले झण्डै ४९,००० वर्ग किलोमिटर क्षेत्र सिंचित गरेको छ ।
-- 
यस प्रदेशका नदीहरूबाट करिब ३२,००० मेघावाट विद्युत निकाल्न सकिन्छ ।
--  
भारतमा घाँघरा नदीको नामबाट चिनिने यस नदीका सहायक नदीहरूमा हुम्ला कर्णालीमुगु कर्णाली,ठूली भेरीसानी भेरीतिलाबुढीगंगा र सेती हुन् ।
-- 
कोशी नदीमा २०३८ सालमा विश्वकै दुर्लभ मानिने सोंस (डल्फिन) भेटिएको थियो ।    
भोटमा मूल भएका नदीहरूः
१. अरुण २. तामाकोशी ३. कर्णाली ४. त्रिशुली ५. सुनकोशी
६. तमोर

नदीको किनारमा अवस्थित शहरहरूः 
स्थानको नाम 
   नदी
काठमाडौं 
  वागमती
पोखरा
  सेती
कुस्मा 
  मोदी
गमगडी  
  मुगु कर्णाली
बराह क्षेत्र
  कोशी
जुम्ला 
  तिला
जुम्ली खलंगा
  सानी भेरी
तुम्लिङटार /दिङला
   अरुण
तौलिहवा
   वाण गंगा
धनगढी
  मोहना
धनुषा
   हर्दिनाथ
पनौती 
  पद्मावती /लिलावती
पुतली बजार 
  आँधिखोला
दमौली
  मादी
जोमसोम
  कालीगण्डकी
मन्थली  
  तामाकोशी
बुटवल
  तिनाउ
महेन्द्रनगर
  महाकाली
विराटनगर 
  बक्राहा
दुनै  
  ठूली भेरी
बेशीसहर
  मस्र्याङ्दी
नारायणघाट
  नारायणी नदी
बाग्लुङ 
   म्याग्दी खोला
नेपालका विभिन्न नदीका उद्गम स्थलहरू
नदी
उद्गम स्थल
वागमती 
    वाग्द्वार
कालीगण्डकी
दामोदर हिमाल
सेती नदी
अन्नपूर्ण हिमाल
मादी  
लमजुङ हिमाल
लिखु
रोल्वालिङ हिमाल
बुढी गण्डकी 
लद्दाख हिमाल
झिमरुक 
गौमुखी
हुम्ला कर्णाली
तिब्बत मानसरोवर छेउ
मस्र्याङ्दी
दामोदर हिमाल
दुधकोशी 
महालंगुर
तमोर 
कुम्भकर्ण हिमाल
बुढी गंगा  
जगदुल्ला ताल
महाकाली 
अपी हिमाल/जस्कर  हिमाल
ईन्द्रावती
जुगल हिमालको पाँच   पोखरी दह
तिनाउ
चुरे पर्वत
ठूलो भेरी
कान्जिरोवा हिमाल
विष्णुमती
सपनतीर्थ
दरौदी
बुद्घ हिमाल
मेची
लालीखर्क
हिमनदीः
  
हिमाली भागमा परेको हिउँ थुप्रिएर तहतह थपिदै जाँदा माथिल्लो तहको चापले तलतिरको हिउँ बग्न थाल्दछ यसरी बगेको हिउँको प्रवाहलाई हिमनदी भनिन्छ ।
    
नेपालको सबैभन्दा लामो हिमनदी खुम्बु हिमनदी (३२ कि.मी.) र ठूलो हिमनदी लाङटाङ (२० कि.मी.) छ । नेपालका अन्य मुख्य हिमनदीहरू यस प्रकार छन् ।
–    
लाङटाङ
–    
खुम्बु
–    
यालुङ
–    
हन्कु
–    
नगुम्पा
–    
नोप्चु
–    
टुक्चे आदि
नेपालका ताल तलैयाहरूःवरिपरी जमिनले घेरिएको र पानी जमेको स्थानलाई ताल भनिन्छ । नेपालका ताल तलैयाहरू मुख्यतः देहायका प्रकारका छन्    १. हिमाली ताल 
२. मानव निर्मित ताल 
३. पर्वतीय/मैदानी ताल

नेपालका प्रमुख तालहरूः
फेवातालः
–    
कास्की जिल्लाको पर्यटकीय नगरी पोखरामा अवस्थित यस तालको लम्बाई ४ कि.मी.चौडाई १.५ कि.मी. र २४ मिटर गहिराइ रहेको छ ।
–    
तालको बीचमा बराहको मन्दिर रहेकाले यसलाई बराहताल पनि भनिन्छ ।
–    
यो ताल हर्पन खोला मिसिएर बनेको छ ।
–    
माछापुच्छ्रे  तथा अन्नपूर्ण हिमालको मनोरम छायाँ देखिने यो ताल पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण स्थलका रूपमा रहेको छ ।
–    
यो ताल वर्षेनी पुरिँदै र साँघुरिदै गएको छ ।
–    
नेपालको नक्सा आकारको देखिने ताल हो फेवाताल ।
फोक्सुण्डो तालः
कर्णाली अञ्चलको डोल्पा जिल्लामा कान्जिरोवा हिमालको काखमा अवस्थित नेपालको सबैभन्दा गहिरो शेफोक्सुण्डो ताल  हो । गुलेली आकारको देखिने यो तालको स्थानीय नाम रिङ्म’ हो
–    
यो ताल समुन्द्री सहतबाट ३,९०० मिटर उचार्ईमा पर्दछ
–    
यस तालको लम्बाई ४.८ कि.मी.चौडाई १.६ किलोमिटर र गहिराई ६५० मिटर रहेको छ ।
–    
चारैतिरबाट मनोरम हिमश्रृङ्खलाले घेरिएको यो ताल जंगलले घेरिएको र तालको छेउमा रंगीबिरंगी फूल फुल्ने हुँदा तालको शोभा निकै बढेको छ ।
–    
तालको पानी अत्यन्त चिसो हुने भएकोले यस तालमा कुनै जीवजन्तु पाइदैन त्यसैले यस ताललाई निर्जीव ताल पनि भनिन्छ ।
–    
यो तालको पानी निःशृत भई सुलिगाढ’ झरना बनेको छ । जुन नेपालको सबैभन्दा उच्च (समुन्द्र सतहदेखि ३६१३ मिटर)  स्थानमा रहेको झरना समेत हो ।
तिलिचो ताल
–     
विश्वको सर्वोच्च स्थानमा रहेको यो ताल समुन्द्र सतहबाट ४९१९ मिटरको उचार्ईमा रहेको छ ।
–     
गण्डकी अञ्चलको मनाङ जिल्लामा रहेको यो ताललाई स्थानीय भाषामा तिरिछ्यो भनिन्छ ।
–     
यस तालको लम्बाई ४ कि.मी.चौडाई १.२ कि.मी.,गहिराई २०० मिटर रहेको छ ।
– 
यस तालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालको सौन्दर्यले यो ताल अति नै मनोरम छ । यो ताल पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ ।

रारा ताल 
– 
समुन्द्री सतहबाट ३२०० मिटरको उचार्र्ईमा अवस्थित यो ताल कर्णाली अञ्चलको मुगु जिल्लामा पर्दछ ।
– 
यस तालको लम्बाई ५.२ कि.मी.चौडाई २.४ कि.मी.गहिराई १६७ मिटर र ११ वर्ग कि.मी. क्षेत्रफल रहेको छ ।
– 
स्थानीय भाषामा कचौरी भनिने यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो ।
– 
रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल प्राकृतिक एवं पर्यावरणीय सुन्दरताको अनुपम नमूना हो ।
– 
वि.सं. २०२० साल चैत्र १३ गते राजा महेन्द्रबाट यो ताल भ्रमण गरेपछि महेन्द्र ताल नामाकरण गरीएको हो । 
– 
यस तालबाट निस्केको खोलालाई खत्याङ खोला भनिन्छ ।
च्छोरोल्पा हिमताल
--   
समुन्द्री सहतबाट ४५८० मिटरको उचार्र्ईमा रहेको यो ताल दोलखा जिल्लाको गौरीशंकर गा.वि.स.मा पर्दछ ।
--   
यो नेपालको सबैभन्दा ठूलो हिमताल हो ।
--   
यस तालको लम्बाई ३ कि.मी.चौडाई ०.५ कि.मी. र गहिराई १०० मिटर रहेको छ ।
--    
यो तालमा करिब ८ करोड घनमिटर पानी भएको अनुमान छ ।
--    
सन् १९९७ मा विष्फोटको खतरा रहेको यस तालको बचाउका लागि पानी निकास गर्न साइफन समेत जडान गरी पानी निशृत गरीएको थियो ।
घोडाघोडी तालः
घोडाघोडी ताल कैलाली जिल्ला अन्तर्गत महेन्द्र राजमार्गको दक्षिणी भागमा अवस्थित छ । यो ताल हत्केलाको आकारमा २५६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालको वीचमा ४/५ वटा थुम्काथुम्कीहरू रहेका छन भने तालको छेउहरूमा घोडाघोडी तालमन्दिर रहेको सोहि मन्दिरको आधारमा तालको नामाकरण गरीएको हो । वि.सं. २०५२ मा योगी नरहरी नाथले यस ताललाई कपिलताल नामाकरण गरेका थिए ।  यो ताल छेउको जङ्गलमा दुर्लभ पंक्षि धनेशका अतिरिक्त अनेकौ पशुपंक्षिहरू पाइन्छन् । भने तालभित्र माछाकछुवागोहिको क्रिडाले ताललाई थप रमणीय बनाएको छ ।  यो तालमा २७ प्रजातीका माछा,१० प्रजातीका सरिश्रृप र १४० प्रजातीका चरा पाइने विश्वास गरीन्छ ।
बीस हजारी तालः
    
२०५२ सालदेखि परिचयमा आएको यो बीस हजारी ताल चीतवन जिल्लामा पर्दछ । यो ताल समुन्द्र सतहदेखि ३०० मीटरको उचाईमा रहेको छ । कूल क्षेत्रफल ३२०० हेक्टर (३२ Kmरहेको यो ताल नेपालको दोस्रो ठूलो सिमसार क्षेत्र हो । अन्तर्राष्ट्रिय सिमसार सूचिमा सन् २००३ सेप्टेम्बर १८ मा सूचिकृत भएको छ । यो चीतवन जिल्लाको सदरमुकाम भरतपुरदेखि ९ कि.मि. दुरीमा रहेको छ । तालको छेउहरूमा गैडाजरायोचित्तलआदि जनवरका साथै धेरै वनस्पतीहरू रहेका छन् । यो तालमा १७ प्रजातिका माछा१० प्रजातिका सरिश्रृप र २७३ प्रजातिका चराचुरुङ्गीहरू पाइने विश्वास गरीन्छ ।
जददिशपुर ताल र यसको वातावरणीय विशेषताः
    
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि करिब १० कि.मि. उत्तरमा पर्ने निग्लिहवा गा.वि.स. मा पर्ने यो ताल करिब (२२५ हेक्टर २२५ Km२) जमिनमा फैलिएको छ । करिब ४७ लाख घनमीटर पानी जम्मा गर्न सकिने यो ताल सिंचाई विकासको लागि तयार गरीएको मानव निर्मित सबैभन्दा ठूलो ताल हो । प्रत्येक वर्ष साइवेरियाबाट करिब २० प्रकारका चराचुरुङ्गी तथा चीनको बेइजिङ्गबाट राजहाँस लगायतका नौला अद्वितीय चराचुरुङ्गी जाडोको मौसममा आई करिब ६ महिनासम्म बसोबास गरी फर्कने परम्पराले यिनको बच्चा यस ताल वरिपरी हुर्कन्छन् भनी अनुमान गरीन्छ । यो ताल अन्तर्राष्ट्रिय सिमसार सूचीमा सन् २००३ सेप्टेम्बर १ मा सूचिकृत भएको हो । कुन ताल कुन जिल्लामाः
क्र.सं.
   जिल्ला
  अवस्थित तालहरू
कास्की
फेवातालरूपातालबेगनास तालदिपाङ तालमैदी ताल,खास्टे तालबढुवा तालस्यार्खु ताल र शान्तिकुण्ड
रसुवा
गोसाईकुण्डभैरवकुण्डसरस्वतीकुण्डसुर्यकुण्डपार्वतीकुण्ड,गणेशकुण्डनागकुण्ड र दुधकुण्ड ।
दाङ
बाह्रकुने तालस्याङलाङ दहभोटे दहरिङ्गे दहसप्तकुण्ड,जलसिन्नीतालर किचकनी दह ।
 पाल्पा
सत्यवती तालनन्दन ताल र सुके ताल ।
 मुगु
रारादह (महेन्द्रताल)ऋणमोक्ष दहछाँयानाथ दह र पापकुण्ड ।
चितवन
गडुवा तालकसरा तालतमोरघैला तालमुजुरा तालनन्दभाउजु तालबीसहजारी ताल र सोह्र हजार ताल
म्याग्दी
भाले बास्ने ताल ।
 बाग्लुङ 
रुद्र तालजाल्पा ताल र गनाउने भईफुट्टा ताल ।
डोल्पा              
पुथा दहजगदुल्ला तालफोक्सुण्डो तालसुके दह र खाली दह ।
१०
गोरखा
कल्छुमन तालकाल पोखरीरुन्चे तालनाग कुण्ड आदि ।
११
रूपन्देही
गजडी ताल
१२
पर्वत
खरी बराह ताल
१३
उदयपुर 
रौताह पोखरीजोगी दह ।
१४
अर्घाखाँची   
ठाडा दहस्यालाङ दह ।
१५
भोजपुर               
काल पोखरीसालपा पोखरी ।
१६
जुम्ला                      
गिरी दहशेख दह र विष्ट दह ।
१७
कञ्चनपुर 
बेतकोटे दहझिलमिला तालवनदा ताल र रानी ताल ।
१८
काठमाडौं   
रानीपोखरीकमलपोखरीपानीपोखरीनागपोखरीटौदह,कटुवाल दह ।
१९
संखुवासभा  
सभापोखरीसिद्धपोखरीमत्स्यपोखरीपाँचपोखरीदुधकुण्ड ।
२०
सिन्धुपाल्चोक   
पाँच पोखरीबौलाहा पोखरी
२१
बर्दिया
बुडैया ताल ।
२२
सिराहा
पत्तर पोखरी
२३
डोटी
खप्तड तालसुन दह ।
२४
बारा   
कामिनी दह ।
२५
लमजुङ
देउपोखरीइन्द्रपोखरी र बाह्रपोखरीनिमा पोखरीदुध पोखरी,इलाम पोखरी ।
२६
पाँचथर              
जोरपोखरीतिम्बु पोखरी ।
२७
सुर्खेत                 
बुलबुले तालसिम्रखानी दहमुरली दह र खौ दह
२८
सिन्धुली   
गजुली दह
२९
दार्चुला
रेसुङ्गा ताल
३०
पर्सा
बनजारी ताल
३१
दोलखा
जटा पोखरीच्छोरोल्पा हिमताल
 वन सम्पदाः
वन घाँस दाउराकाठ कृषि उपज आदीको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रहान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल २९.६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र समेतलाई लिदा कूल क्षेत्रफलमा ३९.६% वन क्षेत्रले ढाकेको छ । वन रहेको उचाईयसको प्रकृतिप्रकार विशेषता आदिको आधारमा वनलाई निम्नानुसार विभाजन गरीएको छः
१)    उपोष्ण प्रदेशीय सदावहार वनः 
तराई भावर र चुरेको करिब १२०० मिटर(समुद्र सतहबाट)सम्मको उचार्र्ईमा अग्लामोटा तथा सदावहार प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ ।
–    
यस क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
–    
सालसिसौखयररातिसालसीमल आदि कडा खालका रुखहरू पाइने ।
–    
चारकोशे झाडिको रूपमा समेत चिनिने
–    
बाघभालुगैडाहात्ती तथा विभिन्न चराचुरुङ्गी र अजिङ्गरगोही आदि घस्रने जीवहरू समेत पाइने ।
२)    मौसमी समशितोष्ण पतझर वनः 
–    
१२०० देखि २१०० मिटरसम्मको उचार्ईमा पाइने र हिउँदमा पात झर्ने वनलाई मौसमी पतझर वन भनिन्छ ।
–    
सालसल्लाचापकटुसओखरउत्तीस आदि रुखहरू पाइने ।
–    
वर्षा र तापक्रम बढी हुने ।
–    
बाघभालुहरिणमृगचितुवा तथा विविध पंक्षीहरू पाइने ।
–    
१२०० मिटरदेखि २१०० मिटरसम्मको उचार्ईमा पाइने ।
–    
सालसल्लाचापकटुसओखरदेवदारु जस्ता रुखहरू पाइने
–    
बाघभालुहरिणचितुवा जस्ता जंगली जनावर पाइने ।
–    
हिउँदमा पात झर्ने हुँदा पतझर वनले भरिएको हो ।
३)    कोणधारी वनः
--     
२१०० देखि ३३०० मिटरसम्म उचार्ईको महाभारत पर्वतमा पाइन्छ,
--    
बढी समय ठण्डा हिउँ वर्षन्छ ।
--    
सल्ला देबदारुधुपीकटुस प्रायशः चुच्चो परेका रुखहरू पाइन्छन् ।
--    
हरिणमृगडाँफे र मुनाल जस्ता पंक्षीहरू पाइन्छन् ।
४)    लेकाली वन (अल्पाइन वनस्पति):
--   
३३०० मिटरदेखि ५००० मिटरसम्मको उच्च पहाडी तथा हिमाली प्रदेशमा यस प्रकृतिको वन पाइन्छ ।
--    
वर्षैभरि चिसो र शुष्क जलवायु,
--    
साना रुखहरूकरिब ३६०० मिटरसम्मको उचाईमा झाडी र सो भन्दा माथि सुख्खा घाँसयुक्त वनस्पति
५)    टुण्ड्रा वनस्पति (हिमाली सुख्खा वनस्पति):
--   
५००० मी. माथिको उचार्ईबाह्रै महिना हिउँवनस्पति प्रायः नपाइने
--    
हिमालका खोच र ढाँडमा काई र लेउ पाइने (वनस्पति विहीन क्षेत्र पनि भनिने) ।

नेपालको वन जंगलको वर्गीकरणः
वन ऐन२०४९ अनुसार नेपालको वनजंगलाई देहाय बमोजिम सात प्रकारमा वर्गीकरण गरीएको छ
    
क)    राष्ट्रिय वन
    
ख)    सरकारद्वारा व्यवस्थित वन
    
ग)    संरक्षित वन
    
घ)    कबुलियती वन
    
ङ)    सामुदायिक वन
    
च)    धार्मिक वन
    
छ)    निजी वन
स्वामित्वको हिसाबले वनको वर्गीकरणः
--    
निजी वन
--    
सरकारी वन
--    
सामुदायिक वन
--    
कबुलियती वन 
वन सम्पदा सम्बन्धी बिविध जानकारीहरूः
–    
वन जंगलले ढाकेको क्षेत्र नेपालको कूल क्षेत्रफलको  ३९.६ छ (बुट्यान समेत)।
–    
अन्तरिम योजनाको लक्ष्य – ४० प्रतिशत पुर्‍याउने रहेको छ ।
–    
कुनैपनि मुलुकको वातावरण सन्तुलनका लागि ४३% वनक्षेत्र आवश्यक मानिन्छ ।
–    
चालु त्रिवर्षिय योजनाले नेपालमा वनले ढाकिएको क्षेत्रलाई ४०%  पु¥याउने लक्ष्य राखेको छ ।
–    
हालसम्म २० संरक्षण क्षेत्र स्थापना भएका छन् जसले कूल भुभागको २३% ओगटेको छ ।
–    
हाल नेपालको २.५% भुभाग सिमसार क्षेत्रले ओगटेको छ ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रः
राष्ट्रिय निकुञ्ज परिचयः
    
वातावरणीय संरक्षणप्रकृतिक मनमोहकता कायम गर्नदुर्लभ वन तथा वन्य जन्तुको संरक्षण गर्न तथा पर्यटकीय आकर्षण निर्माण गर्नका लागि राष्ट्रको निश्चित भूभागलाई निकुञ्जको रूपमा विकास गरीन्छ । वि.सं.२०३० सालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँगै नेपालमा यस विषयले महत्व पाएको देखिन्छ ।
बाँके राष्ट्रिय निकुञ्ज
--    
वि.सं. २०६७ साल असार २८ गते राजपत्रमा सूचना प्रकाशित गरी बाँके र दाङ जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटिएको बाँके राष्ट्रिय निकुञ्जको घोषणा नेपाल सरकारले गरेको हो ।
--   
यो समेत गरी नेपालमा १० वटा राष्ट्रिय निकुञ्ज पुगेका छन् ।
पर्सा वन्यजन्तु आरक्ष
---   
वि.सं. २०४१ (सन् १९४८) मा स्थापना गरीएको यो आरक्ष करिब ४९९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
--    
यो वन्यजन्तु आरक्षले चितवनपर्सामकवानपुरका केही भाग समेटेको छ । यस आरक्षमा पाइने प्रसिद्ध जनावरहरूमा हात्तीबाघचितुवाबँदेलजरायो र घोडा गधा आदि छन् ।
नेपालका राष्ट्रिय निकुन्ज र तिनको संक्षिप्त विवरण
सिनं.
निकुञ्जको नाम
स्थापना वर्ष
(
वि.सं)
क्षेत्रफल (व. कि. मी.)  
जिल्ला
पाइने प्रसिद्ध जनावरहरू जंगली पशु पंक्षीहरू
  थप विशेषताहरू
चितवन राष्ट्रिय निकुञ्ज
२०३०
९३२
चितवन,मकवानपुर,पर्सा
एकसिंगे गैडा,गौरीगाई,भालुचितुवारतुवा,चित्तललगुना,जरायोचौसिंगे मृग,घडियाल गोही,नीलगाईमगर गोही,सोंसजिंगर मयुर लगायत विभिन्न जातका चराचुरुंगी आदि 
१) सबैभन्दा पहिला घोषित राष्ट्रिय निकुञ्ज ।
२) सन् १९८४ मा विश्व सम्पदा सूचीमा समावेश ।
३) एक सिंगे गैंडा र हिलेकौवा संरक्षणका लागि प्रख्यात ।
सगरमाथा
२०३२
११४८
सोलुखुम्बु
कस्तुरीमृगहिमाली भालुथारघोरल,झारलका साथै डाँफे,चिलिमेकालिज,हिमकुखुराचालचुच्चे र पहेलचुच्चे चराहरू 
१) विश्वको सर्वोच्च स्थानमा रहेको ।
२) सन् १९७९ मा विश्व सम्पदा सूचीमा राखिएको
३) विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित ।
४) नेपालको राष्ट्रिय फूल लालीगुँरास र जनावरमा हाब्रेको लागि प्रख्यात
  
लाङटाङ
२०३२
१७१० 
रसुवा,नुवाकोट र सिन्धुपाल्चोकका केही भागहरू
  चितुवाहाब्रे (रातो पाण्डा)कस्तुरीमृग,हिमाली भालुथार,घोरलरातो बाँदर जस्ता जनावरहरू ।
  १) पुण्यस्थल गोसाईकुण्ड अवस्थित ।
२) प्रसिद्ध लाङटाङ उपत्यका ।
          
रारा
२०३२
१०६ 
मुगु जुम्लाका भूभागहरू   
हिमाली भालुथार,घोरल,कस्तुरी,मृग,बँदेल आदि जनावरहरू
  १) नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज ।
 
खप्तड
२०४२
२२५ 
 बझाङ,बाजुरा,डोटी,अछाम
  रतुवाकस्तुरीमृग,घोरलचितुवा,जंगलीकुकुर,जंगली बिरालोरातो बादर,लंगुरबादरका साथै डाँफेमुनाल जस्ता सुन्दर चराचुरुंगीहरू ।  

  शेफोक्सुण्डो
२०४० 
 ३५५५
डोल्पा,मुगु जिल्लाको भूभाग
हिँउ चितुवातिब्बती खरायोनाउर आदि
१) नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज ।
बर्दिया 
२०३२
९६८
बर्दिया 
बाघचितुवा,घोडगदाहजरायो,चित्तललगुना,बाह्रसिंगेहात्तीगैडा,गोहीसोस तथा विविध चराहरू ।

मकालु बरुण
२०४९
१५००
पूर्वी हिमालयको मकालु,बरुणसंखुवासभा
    मृगकस्तुरी,बँदेलबाघ आदि ।   

शिवपूरी /नार्गाजुन
२०५८ 
१५९  
काठमाडौं,नुवाकोट,सिन्धुपाल्चोकको केही भाग ।
ध्वासे चितुवाको लागि प्रशिद्ध ।
वागमती नदीको उद्गम वागद्वार
१०
बाँके
 २०६७ 
५५०
बाँके र दाङ


शुक्लाफाँटा वन्यजन्तु आरक्ष
-- 
सन् १९७६ (वि.सं.२०३१) मा स्थापित यो आरक्षको हालको क्षेत्रफल ३०५ वर्ग कि.मी. छ ।
-- 
यो आरक्ष कञ्चनपुर जिल्लामा अवस्थित छ ।
-- 
यहाँ २,००० भन्दा बढी बाह्रसिङ्गे पाइनुका साथै पाटेबाघभालुहात्तीदुर्लभ सालकचितुवा,जरायोचित्तलगोहीलंगुरकृष्णसार आदि जनावर पाइन्छन् ।
-- 
प्रसिद्ध रानी ताल” पनि यसैभित्र पर्दछ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष
--  
सन् १९७६ (वि.सं. २०३२) मा स्थापित यो आरक्ष सुनसरी जिल्लामा पर्दछ ।
-- 
यो आरक्ष १७५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
-- 
दुर्लभ अर्नाघडियालमगर गोही तथा विविध जातका माछा र देश विदेशबाट आउने चराचुरुंगीहरूको यहाँ बासस्थान छ ।
--  
यस निकुञ्जमा ४७५ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् ।
-- 
सन् १९८७ मा इरानको रामसारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट संरक्षित सिमसार क्षेत्र घोषित भएको ।
-- 
अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत हुने पहिलो नेपालको सिमसार क्षेत्रसमेत हो ।
ढोरपाटन शिकार आरक्ष
--   
बाग्लुङरुकुम र म्याग्दी जिल्लाको करिब १३२५ वर्ग कि.मी. क्षेत्रफलमा अवस्थित यो आरक्ष सन १९८७ (वि.सं २०४१) मा स्थापना भएको हो ।
--    
यहाँ नीलो भेडाबँदेलरतुवाकृष्णसारनाउरथारहिमाली भालु आदि जनावर पाइन्छ ।
गौरिशंकर संरक्षण क्षेत्र
-- 
वि.सं. २०६६ मंसिर १९ सगरमाथाको आधारशिविरमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संरक्षण क्षेत्रको रूपमा गौरिशंकर संरक्षण क्षेत्र घोषणा गरेको छ । रामेछापदोलखा र सिन्धुपाल्चोक जिल्लालाई समेटी बनेको यस संरक्षण क्षेत्रको क्षेत्रफल २१७९ वर्ग कि.मी. छ ।
अपिनम्पा संरक्षण क्षेत्र
-- 
वि.सं. २०६६ मंसिर १९ सगरमाथाको आधारशिविरमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संरक्षण क्षेत्रको रूपमा अपिनम्पा संरक्षण क्षेत्र घोषणा गरेको छ । दार्चुला जिल्लाको १९०३ वर्ग कि.मी.मा यो संरक्षण क्षेत्र फैलिएको छ ।
मकालुवरुण संरक्षण क्षेत्र
--   
यो संखुवासभा र सोलुखुम्बुको ८३० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
--   
वि.सं. २०४८ मा स्थापना गरीएको यो संरक्षण क्षेत्र विश्वमा अद्वितीय प्राकृतिक एवं जैविक तथा सांस्कृतिक सम्पदाहरूका लागि प्रख्यात छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र
--    
यो संरक्षण क्षेत्र कास्कीलम्जुङमुस्ताङमनाङ र म्याग्दी जिल्लाको ७,६२९ वर्ग कि.मी.मा फैलिएको छ ।
--   
यो संरक्षण क्षेत्र वि.सं. २०४९ मा स्थापना भएको हो ।
--    
यस क्षेत्रमा अनेकौ हिमाली जीवजन्तुहरूमनोरम दृष्यहरूपदयात्राको लागि उपयुक्त ठाउँहरू र पर्यटकीय महत्वका अनेकौ प्राकृतिक दृष्यहरू छन् ।
--    
यो नेपालको संरक्षण क्षेत्रहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको संरक्षण क्षेत्र हो ।
कञ्चनजंघा संरक्षण क्षेत्र
--   
२०३५ वर्ग कि.मी. क्षेत्र ओगटेको यो संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा पर्दछ ।
--   
यो वि.सं. २०५४ सालमा स्थापना गरीएको हो ।
--   
यस क्षेत्रमा हिउँ चितुवाकस्तुरी मृगहिम भालुघोरलब्वाँसोनाउर आदि जनावर पाइन्छ ।
मनास्लु संरक्षण क्षेत्र 
--    
वि.सं. २०५५ मा स्थापित यो संरक्षण क्षेत्र लमजुङ र गोरखा जिल्लामा पर्दछ ।
--   
यो क्षेत्र १६६३ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ ।
--   
यस क्षेत्रमा हिँउ चितुवाकस्तुरी मृगनाउर लगायत विभिन्न चराहरू र अन्य जनावरहरू पाइन्छन् ।
फूलचोकी चन्द्रागिरी संरक्षण क्षेत्र
--  
यो संरक्षण क्षेत्र काठमाडौं उपत्यकाको दक्षिणमा पर्ने फूलचोकी र पश्चिममा पर्ने चन्द्रागिरी पर्वत श्रृङ्खलाको ६४४ वर्र्ग किलोमिटर क्षेत्रलाई समेटेर स्थापना गरीएको हो ।
-- 
यहाँ प्राकृतिकऐतिहासिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण दुर्लभ जीवजन्तु तथा पशुपंक्षीको वासस्थान छ ।
मध्यवर्ती क्षेत्रः
  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षका वरिपरीका जनतालाई आरक्ष राष्ट्रिय निकुञ्जका वन्यजन्तु र जनावरले दुःख दिनेलगाइएका कृषि फसल समेत खाइदिने गर्ने गरेकोले त्यस्ता क्षेत्रको वरिवरीको केही भाग छुट्याउने गरीन्छत्यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनिन्छ । मध्यवर्ती क्षेत्रको स्थानीय जनतालाई कूल आम्दानीको ३०% सम्म आम्दानी उपलब्ध गराई उनीहरूलाई सहयोग जुटाउने उद्देश्यले यस प्रकारको भूमि छुट्याउने गरीन्छ  
नेपालमा रहेका मध्यवर्ती क्षेत्रहरूः
१.    चितवन राष्ट्रिय निकुञ्ज २.    बर्दिया राष्ट्रिय निकुञ्ज ३.    लाङ्टाङ राष्ट्रिय निकुञ्ज ४.    शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज ५.    मकालु बरुण राष्ट्रिय निकुञ्ज ६.    सगरमाथा राष्ट्रिय निकुञ्ज ७.    शुक्लाफाँटा वन्यजन्तु आरक्ष
८.    कोशी टप्पु वन्यजन्तु आरक्ष ९.    पर्सा वन्यजन्तु आरक्ष
१०.  रारा राष्ट्रिय निकुञ्ज ११.   खप्तड राष्ट्रिय निकुञ्ज १२.   बाँके राष्ट्रिय निकुञ्ज
नेपालमा पाइने माटोका प्रकारहरू
पाँगो माटोः नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको माटो हो । तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु,सुर्ती,सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन ।
बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा,पत्थर,कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर,भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल,सिसौं,खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल,चिया,आलु,मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
तलैया माटोः बषौं देखि बिभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका,पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा,कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।
नेपालमा  खनिज 
पृथ्बीको गर्भमा रहेका तत्वहरु तथा यौगिकहरु तथा पदार्थहरु नै खनिज हुन । खनिज आर्थिक बिकास र समृद्धिका लागि अति उपयोगी हुन्छन । खनिज प्रशस्त हुने राष्ट्र समृद्धशाली बनेको उदाहरण प्रशस्त छन् । खनिजलाई उत्खनन् गरी उपयोग गर्न सकिएमा  तथा खनिज जन्य उद्योगहरु स्थापना गरी निर्यात गर्न सकेमा प्रसस्त बिदेशी मुद्रा समेत आर्जन गर्न सकिने संभावना छ ।
नेपालमा पाइने संभावना भएका केहि मूख्य मूख्य खनिजहरुको नाम र पाइने स्थान निम्नानुसार उल्लेख गरिएको छ ।
खनिजको नाम 
पाइने स्थानहरु
फलाम
फुलचोकी,ठोसे,चितवन,कुलेखानी,भैसे,प्यूठान,बझाङ्ग
तामा
कुलेखानी,बुद्धखोला,म्याग्दी,धनकुटा,बाह्रबिसे,बन्दिपुर,चिसापानी
अभ्र्रख
सुन्दरीजल,भोजपुर,चैनपुर,लम्जुङ्ग,बझाङ्ग,गोसाइकुण्ड
सिसा
फुलचोकी,बाग्लुङ्ग,रसुवा,गणेश हिमाल,बैतडी,तिप्लाङ्ग
सुन  
कालीगण्डकी,बुढीगण्डकी,सुनकोशी,
चुन ढुङ्गा
गोदावरी,भैसेदोभान,चोभार,हेटौडा,पाल्पा,जोगिमारा
चादी
बाग्लुङ्ग,चिसापानीगढी,फुलचोकी
ग्यास
तराइको बिस्तृत भूभाग,मुस्ताङ्ग,काठमाण्डौ उपत्यका
पेट्रोलीयम
दाङ्गको कोइलाबास,नेपालगञ्ज,धनगढी,मुक्तिनाथ,प्युठान,दैलेख
गन्धक  
गोसाइकुण्ड,चिसापानीगढी,बराहक्षेत्र
म्याग्नेसाइट
गणेशहिमाल,दोलखा,उदयपुर
खरी ढुङ्गा
 सिन्धुपाल्चोक,खोटाङ्ग,भोजपुर
स्लेट
बन्दीपुर,स्याङ्गजाको दरौं,बग्मती,लुम्बिनी,जनकपुर
कोइला
चितवन,दाङ्ग,सल्यान,चतरा,काठमाण्डौ
गेरु
सिन्धुपाल्चोकको चौतारा
कोवाल्ट
धनकुटा,पाल्पा,गुल्मी,अर्घाखाँची,
मार्वल
गोदावरी,महाभारत,पर्वतश्रृंखला
सोडा
डोटि र सल्यान
बिरेनुन /सिधेनुन
रसुवा,स्याप्रूबेशी
निकेल  
खोकलीङ्ग,नाम्पा,भोर्ले
नुन
  मुस्ताङ्गको थाकखोला
ग्राफाइट  
सिन्धुपाल्चोक ,पाल्पा

Post a Comment

0 Comments