प्रश्न र समाधान : के कर्मचारीतन्त्रको विकल्प सम्भव छ ?




वैधानिक अधिकारको विवेकशील प्रयोगस्वरूप, संयन्त्र र कार्यपद्धतिलाई कर्मचारीतन्त्र भनिन्छ । यो सरकार र जनताबीचको योजक पनि हो । नेपालको संविधानको धारा २८५ अनुसार सरकारले उपलब्ध गराउने सेवाको वितरण गर्न कर्मचारीतन्त्र क्रियाशील रहेको पाइन्छ । यसको कार्यसम्पादन स्तर कमजोर हुँदा कर्मचारीतन्त्र चौतर्फी आलोचनाको सिकार हुने गरेको छ । जर्मन समाजशास्त्री मेक्स वेभरले चर्चा गरेजस्तो आदर्श हुन नसके पनि कर्मचारीतन्त्रको तत्काल भरपर्दो विकल्प भने देखिँदैन ।
कर्मचारीतन्त्रको आलोचनाका कारण
 -नतिजालाई प्रक्रियालाई जोड दिनु,
- जिम्मेवारी र उत्तरदायित्व पन्छाउनु र जनताप्रति जवाफदेही नहुनु,
 -सेवा सुविधा मात्र बढाउन खोज्नु र शक्ति आर्जन गर्न चाहनु,
- अत्यधिक केन्द्रीकरण हुनु र अधिकार प्रत्यायोजन गर्न नचाहनु,
- कठोर निर्देशन र नियन्त्रणका कारण कमजोर संगठनात्मक सहभागिता हुनु,
 -बढी : Mechanistic  हुनु र मानवीय पक्षको उपेक्षा गर्नु,
- गोपनीयतालाई जोड दिँदा भ्रष्टाचार हावी हुनु,
- सार्वजनिक सहभागिता नहुनु, सुविधाभोगी र खर्चालु हुनु,
- पदसोपानका कारण निर्णय प्रक्रिया ढिलो हुनु र परिवर्तनलाई Resist गर्नु ।
कर्मचारीतन्त्रको विकल्प
-विश्व्यापीकरण, निजीकरण, सार्वजनिक–निजी साझेदारी, विकेन्द्रीकरण आदिजस्ता अवधारणा आएता पनि कर्मचारीतन्त्रमा सुधार हुन सकेन । फलस्वरूप यिनै अन्तरनिहित दुर्गुणका कारण यसको विकल्पको बहस र खोजी सुुरु भएको हो । विभिन्न विद्वान्ले तत्कालका लागि केही विकल्प पहिचान गरेका छन्, जसलाई देहायअनुसार उल्लेख गरिएको छः
(क) संस्थागत विकल्प वा सुधार 
 -सरकारी निकायको निजीकरण गर्ने,
- गैरसरकारी संस्थालाई राज्यकाकाम जिम्मा लगाउने,
 -स्थानीय निकाय र स्थानीय स्तरका विभिन्न निकायबाट सम्पूर्ण कार्य सञ्चालन गर्ने,
 -समिति परिषद्, आयोग गठन विशिष्टीकृत काम जिम्मा लगाउने,
 -सार्वजनिक–निजी साझेदारीलाई प्रवर्द्धन गर्ने,
 -समुदायमार्फत काम गराउने,
- रणनीतिक साझेदार भित्र्याउने र कामको जिम्मा लगाउने
(ख) कार्यात्मक विकल्प वा सुधार 
 -सरकारको भूमिका र कार्यक्षेत्र घटाउने,
 -कर्मचारीतन्त्रको कार्यशैली र व्यवहारमा सुधार गर्ने,
 -कामको प्रक्रियामा सरलीकरण गरी नतिजामा जोड दिने,
 -आधुनिक प्रविधि (ICT) को उपयोग बढाउने
 -कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्ने,
 -दण्ड, पुरस्कार एवं सरुवा–वढुवालाई वैज्ञानिक बनाउने,
- सार्वजनिक सहभागिता र सञ्चारलाई प्रभावकारी बनाई Co-Production  लागु गर्ने,
 -कर्मचारीतन्त्रको आकारलाई छरितो र कार्यशैलीलाई नतिजामूलक बनाउने,
 -नागरिक बडापत्र एवं सुशासनका सिद्धान्तको प्रभावकारी कार्यान्वयन गर्ने,
- सेवादूत, Silver Volunteer  को अवधारण लागू गर्ने
सन्दर्भ सार
‘ऊर्जा भएको पुर्जा’समेत भनेर चिनिने कर्मचारीतन्त्र सरकारको सहयोगी र नागरिकको सेवक हो । यसले रीतिस्थिति, विधि र पद्धतिद्वारा शासनलाई अग्रगति दिई जनसन्तुष्टि आर्जन गर्नुपर्दछ । यसको कार्यशैली, आचरण र व्यवहारका कारण आलोचना हुँदा विकल्पको समेत खोजी भएको हो । विभिन्न विकल्पमा बहसका बाबजुद तत्कालका लागि कर्मचारीतन्त्रको वास्तविक विकल्प वा सुधार भन्नु नै सुधारिएको कर्मचारीतन्त्र हो ।
लोकसेवा कसरी तयारी गर्ने ?
-सर्वप्रथम लोकसेवाको पाठ्यक्रमलाई राम्रोसँग अध्ययन गर्ने र मिल्दो शीर्षकलाई समूह बनाउने 
-दैनिक पत्रिका, साप्ताहिक पत्रिका, मासिक पत्रिकालाई निरन्तर अध्ययन गर्ने र आफ्नो शीर्षकसँग मिल्ने लेख रचना कटिङ गर्ने, फाइलिङ गर्ने वा बुँदा टिपोट गर्ने र नोट बनाउने, मिल्ने शीर्षकसँग आन्तरिकीकरण गर्ने
-अवधारणागत स्पस्ट हुने र लेखाइलाई थप महत्व दिई क्रमशः  पढाइ तथा लेखाइलाई सँगसँगै अघि बढाउने
-आफ्नो लेखाइ सम्बन्धित विषयविज्ञ तथा सहपाठीलाई देखाउने र प्राप्त पृष्ठपोषण लिई निरन्तर अवलम्बन गर्दै जाने 
-सहपाठी, सहकर्मी तथा बौद्धिक वर्गसँग निरन्तर छलफल र अन्तक्रिया गर्ने 
-संविधान, आवधिक योजना, बजेट, शीर्षकसँग सम्बन्धित ऐन, नियम तथा निर्देशिकाको सम्भव भए सबै राम्रोसँग अध्ययन गर्ने नभए कम्तीमा प्रस्तावना वा मूल भाव हेर्ने टिपोट गर्ने जसले लेखाइलाई गुणस्तरीय बनाउँछ ।
-विद्यमान कानुनी प्रावधान, हाम्रो अहिलेको अवस्था तथा ग्याप पत्ता लगाई आफ्नो उत्तरलाई ग्याप पूरा गर्नेतर्फ हिट गर्ने

Post a Comment

0 Comments