Random Posts

contact for perofessional web development

लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर २

वस्तुगत प्रश्नोत्तर

१.भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा पछिल्लो पटक नेपालको दुईदिने औपचारिक भ्रमण कहिले भयो ?
– २०७५ वैशाख २८ /२९ गते ( प्रधानमन्त्रीका रुपमा मोदीले यो गरी तीनपटक नेपाल भ्रमण गरेका ।)
२. विश्व चपर्चत आर्थिक पत्रिका फोब्सद्धारा सन् २०१८ मे मा सार्वजनिक प्रतिवेदनअनुसार विश्व को सबैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ?
– चिनियाँ राष्ट्रपति सी जिन पिङ्
३. मेगा बङ्क नेपालमा टुरिज्म डेभलपमेन्ट बैङ्क गाभिई एकीककृयत कारोबारको शुरुवात कहिलेदेखि भएको हो ? 
– वि.सं. २०७५ वैशाख ३०
४.मणिविक्रम शाह कुन खेल सँग सम्बन्धित खेलाडी हुन् ?
– फुटबल (उनी नेपाली राष्ट्रिय टोलिका पूर्व कप्तान हुन् । कलेजो सम्बन्धी रोगका कारण उनको वैशाख ३१ म निधन भयो ।)
५. नौ सय मेगावाट क्ष्मताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ? 
– वि.सं. २०७५ वैशाख २८
(यो जलविद्युत आयोजना शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धरा संयुक्तरुपमा गरिएको हो । संखुवासभामा रहेको आयोजनास्थलबाट नेपाल टेलिभिजनले पैत्यक्ष दृश्य प्रशारण गरेको थियो भने काठमाडौंको होटल द्धारिकामा आयोजित समारोहमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीले स्वीच अन गर्नुभएको थियो । आयोजनास्थल फ्याक्सिन्दा दोभान र शिलान्यास स्थललाई भिडियो कन्फेरेन्स मार्फत जोडिएको थियो । यो आयोजना निर्माण गर्ने अनुमति भारतीय कन्पनी सतलज विद्युत् निगमले पाएको छ । आयोजनाको निर्माण सन् २०२३ सम्ममा सम्पन्न गरिने लगानी बोर्डले जनाएको छ । )
६. विश्वमा पहिलो पटक मोबाईलफोनो प्रयोग कहिले गरिएकको हो ? 
– सन् १९७३ (सन् १९७३ मा मोबाइलफेनका आविसरक मार्टिन कुपरले पहिलोपटक मोबाइलबाट फोन सम्पर्क स्थापित गरेका । )
७. वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? 
-डा.महेन्द्र विष्ट,डा.राजेश झा ‘अहिराज’ (पुरस्कार राशि : रु २ लाख)
८. सन् २०१७ को ‘टाइम पर्सन अफ द इयर’ कसलाई घोषणा गरियोल ? 
-द साइलेन्स बे्रकर (यौनजन्य दुव्र्यवहार तथा शोषणलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा खुलासा गर्ने अभियान ‘ह्यासमिटु’ सञ्चालक तथा संस्थापक ‘द साईलेन्स ब्रेकर्स’ यो वर्षको टाइम अखबारको ‘पर्सन अफ द इयर मा चयन भएको ।)
९. विश्व भोकमरी सूचकाङ्क २०१७ मा नेपाल कुन स्थानमा रहेको छ ? 
-७२ औँ (११९ राष्ट्र समेटेर तयार पारिएको अध्ययन प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, चाड र सियोरालियोन क्रमशः ११९औँ, ११८औँ र ११७औँ स्थानमा रहेका छन् ।)
१०. अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन (OCR) सफ्टवेयर के सँग सम्बन्धित छ ?
– नेत्रहिन व्यक्तिले नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधि हो ।

विषयगत प्रश्नोत्तर

१.नेपालको संविधानअनुसार कस्तो अवस्थामा मौलिक हकमाथि अङ्कुश लगाउन सकिन्छ ? 
नेपालको संविधान अनुसार निम्न अवस्था भएमा संविधानको भाग ३ मा उल्लेखित मौलिक हक माथि अङ्कुश लगाउन सकिने व्यवस्था छ :
– नेपालको सार्वभौमसत्ता, अखण्डतामा खलल पर्ने कार्य भएमा,
– सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्य भएमा,
– विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरुका बीचका सुसम्बन्धमा खलल पर्ने कार्य भएमा,
– अदालततको अवहेलना हुने कार्य भएमा,
– सर्वसाधारण जनताको हित, स्वास्थ्य, शिष्टाचार, गाली बेइज्जती एवं नैतिकताको प्रतिकुल हुनेकार्य भएमा,
– हिंसात्मक कार्य भएमा
– अपराध गर्न दुरुत्साहित गर्ने कार्य भएमा,
– राज्यद्रोह हुने कार्य भएमा ।
२.बजेट तथा स्रोत समितिका कार्यहरु के के हुन् ? लेख्नुहोस् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित बजेट तथा स्रोत समितिका कार्यहरु निम्न छन् :
– नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट प्रषेपण गर्ने ,
– बजेट कार्यान्वयन, अनुगमन एवं मुल्याङ्कन विषयहरुमा निर्णय गर्ने,
– आर्थिक परिसूचकहरुको विष्लेशण गर्ने,
– समष्टिगत आर्थिक संरचना तयार गर्ने ,
– आगामी तीन आर्थिक वर्षहरुको कुल सीमा निर्धारण गर्ने ,
– मध्यकालीन खर्च संरचना निर्धारण गर्ने,
– राजस्व, वैदेशिक अनुदान र ऋण तथा आन्तरिक ऋणको प्रक्षेपण गर्ने,
– कुल बजेटमा चालु बजेट, पुँजीगत बजेट र वित्तीय बजेट क्षेत्रको हिस्सा निधौरण गर्ने,
३.मौद्रिक उपकरण केके हुन् ? उल्लेख गर्नुहोस् । 
मूल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैङ्ले तर्जुमा गरेको नीति मौद्रिक नीति हो । यसले मुद्राको परिणाम, उपलबधता र लागतको व्यवस्थापन गर्छ । मूल्य स्थिरता, शोधनान्तर स्थिरता तथा वित्तीय क्षेत्रका स्थिरता मौद्रिक नीतिको उदेश्य हो । मौद्रिक नीतिको यही उदेश्य प्राप्त गर्न मौद्रिक अधिकारीले प्रयोग गर्ने औजार मौद्रिक उपकरण हुन् जुन निम्न छन् :
क. प्रत्यक्ष उपकरण 
१. निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण,
२. कर्जाको सीमा निर्धारण,
३. नैतिक दबाब,
ख. अप्रत्यक्ष उपकरण 
१. बैङ्क दर
२. अनिवार्य नगद मौज्दात,
३. खुला बजार कारोबार,

Post a Comment

0 Comments