परीक्षामा कसरी उत्कृष्टता हासिल गर्ने ?

कसरी पास गर्ने, कसरी राम्रो अंक ल्याउने, कसरी फस्र्ट हुने ? परीक्षाको बेला यी प्रश्न स्वभाविक रुपमा उठ्न सक्छ । तर, यस्ता प्रश्नले आफ्नो क्षमताको विकास गराउने भन्दा पनि मनमा तनाव पैदा गर्न सक्छ । फस्र्ट हुने दवाव नलिऔं । फेल हुने भय पनि नपालौं । मनलाई धेरै चञ्चल बनाउने, अधैर्य हुने, द्विविधाग्रस्त हुने कामै नगरौं । निस्पिmक्री भएर, निश्चिन्त भएर, निर्धक्क भएर परीक्षा दिऔं । डर छाडौं, तनाव छाडौं ।
रातभर घोकेर, रटेर, चिट चोरेर, चलाखी गरेर प्रश्न-पत्र हल गर्ने मनस्थिती त्यागौं । किनभने यसले एउटा तहमा राम्रो नतिजा -रिजल्ट) देखाएपनि त्यसले करियरको लागि ठोस सघाउ पुर्‍याउँदैन ।
यसरी गर्ने मानसिक तयारी
परीक्षाको बेला संयमित हुने । निर्धक्क हुने । जानेको कुरा अरुले बुझ्ने ढंगले लेख्न सक्छु भन्ने आत्माविश्वास लिने । समय तालिका बनाएर पढेका पाठलाई स्मरण गर्न प्रयास गर्ने । केहि प्रश्नहरु तयार गरेर आफै लेख्न अभ्यास गर्ने ।
कुन प्रश्नको उत्तर कसरी लेख्ने भनेर मोटामोटी मानसिकता बनानउने ।
यी त भए मानसिक तयारी । यससँगै शारीरिक तयरी पनि आवश्यक हुन्छ ।
यसरी गर्ने शारीरिक तयारी
परीक्षाको बेला एउटै कोठामा थुनिएर घण्टौं पुस्तक नघोक्ने । यसले गर्दा तनाव बढ्छ । शरीरमा रक्तप्रवाह पनि राम्ररी हुँदैन । अक्सिनजको मात्रा पुग्दैन । एकदमै आनन्दपूर्वक पढेको कुरालाई दोहोर्‍याउने, बुझ्ने, सम्झने प्रयास गर्ने ।
आफ्नो स्वास्थ्यको पनि ख्याल राख्ने । यताउता हिँडडुल गर्ने । केहि समय खेल्ने । केहि समय रमाइलो गर्ने । ताजा खानेकुरा सेवन गर्ने । पर्याप्त पानी सेवन गर्ने । मौसमी फलफूल खाने । यस्ता कुराले शरीरमा स्फूर्ति जाग्छ, तन्दुरुस्त भइन्छ । जब शरीर फूर्तिलो र चुस्त हुन्छ, पढेका कुरा मस्तिष्कमा सजिलै ग्रहण गर्न सकिन्छ ।
यसरी गर्ने शैक्षिक सामाग्रीको व्यवस्था
परीक्षा हलमा पुगिसकेपछि के-कस्ता शैक्षिक सामाग्री आवश्यक हुन्छ होला ? विषय अनुसार फरक-फरक शैक्षिक सामाग्री चाहिन सक्छ । डटपेन, पेन्सिल, इरेजर, सार्पनर । सबै सामाग्री व्यवस्थित गरौं । परीक्षाको दिन यी सामाग्रीहरु खोज्नु पर्‍यो भने झन्झट हुन्छ ।
के जानियो, के बुझियो, के सिकियो ?
परीक्षाको ध्येय पास हुनु मात्र होइन भन्ने कुरालाई मनन गरौं । परीक्षा दिनु भनेको आफुले के/कति कुरा बुझियो भनेर जाँच गर्नु हो ।
त्यसैले बर्षभरको पढाईमा आफु के कति कुरा आर्जन गरियो, के जानियो, के सिकियो, के बुझियो, त्यही कुरालाई लेख्ने हो । त्यसैले परीक्षा दिने बेला पाठ्युपुस्तकमा घोत्लिने होइन । बरु आफैभित्र घोत्लिने अभ्यास गरौं । यसले आफ्नो असली क्षमताको जाँच हुन्छ ।
पाठ्यपुस्तकमा मात्र प्रश्नको हल नखोजौं
परीक्षा दिने प्रणाली परम्परागत छ । हाम्रो बुझाई पनि त्यस्तै छ । प्रश्न पत्र पाठ्यपुस्तकबाट तयार गरिन्छ । हामी त्यसको जवाफ पनि पाठ्यपुस्तभित्रै खोज्छौ । जबकी हामीसँग पाठ्यपुस्तकभन्दा ठूलो ज्ञान भण्डार हुनसक्छ । हाम्रो मस्तिष्कले पनि धेरै कुरा भण्डारण गरेको हुन्छ । तर, हामी आफुलाई भुलेर पाठ्यपुस्तकमै समस्याको हल खोज्छौं । यो गलत शैली हो ।
जब प्रश्नपत्र हात लाग्छ, त्यसले कस्तो जवाफ खोजेको हो भन्ने कुरा मनन गरौं । आफुले जानेका, बुझेको कुरालाई सरल, बुझ्ने र स्पष्ट भाषामा लेखौं ।
जान्नैपर्ने कुरा
प्रश्नपत्र हातमा परेपछि सर्वप्रथम त्यसलाई सरसर्ती पढौं । भनिएकै हुन्छ, सजिलो प्रश्नबाट प्रश्नको हल गर्दै जानुपर्छ । यसो गर्दा धेरै अलमल हुँदैन । सरासर लेखिन्छ । समय बच्छ । आत्माविश्वास पनि बढ्छ ।
हरेक प्रश्नको आशय के हो ? त्यसले कति जवाफ मागेको छ भन्ने कुरालाई ख्याल गर्नैपर्छ । आफुले जानेको कुरा जतिपनि लेख्ने र नजानेको कुरा कम लेख्ने भन्दा पनि प्रश्नले कति मागेको छ भन्ने कुरालाई महत्व दिनुपर्छ ।
जस्तो कि, कुनै प्रश्न हल गरे बापत त्यसबाट कति अंक प्राप्त हुन्छ सोहि अनुसार जवाफको आकार र गहिराई तय हुन्छ । कुनै प्रश्न हल गर्दा २ अंक प्राप्त हुन्छ भने त्यसको जवाफ छोटो र छरितो हुनसक्छ । तर, कुनै प्रश्न हल गर्दा १० अंक प्राप्त हुन्छ भने, त्यसको जवाफ गहन र विस्तृत हुनुपर्छ ।
प्रश्नले के खोजेको हो ? कस्तो जवाफ मागेको हो ? ठ्याक्कै त्यस्तै जवाफमा केन्द्रित हुनुपर्छ । प्रश्न अनुरुप कस्तो जवाफ दिने र कसरी दिने भन्ने कुरा तय गर्नुपर्छ ।
प्रश्नपत्रमा पनि उल्लेख हुन्छ, मौलिक जवाफलाई प्राथमिकता दिइनेछ ।
मौलिक भनेको आफुले बुझेको कुरालाई आफ्नै ढंगले जवाफ दिने हो । प्रश्नको हल गर्दा पाठ्यपुस्तकभित्र मात्र समेटिनुपर्छ भन्ने होइन, आफुले जानेको कुरा थप गरियो भने त्यो थप उत्कृष्ट हुन्छ ।
हु-बहु नलेखौं
अक्सर विद्यार्थीले प्रश्नको हल गर्दा हु-बहु लेख्नुपर्छ भन्ने बुझ्छन् । उनीहरुले त्यसैगरी लेख्छन् पनि । तर, हु-बहु जवाफ दिनु राम्रो होइन । यसले हामीले कति बुझ्यौ, कति जान्यौ भन्ने कुराको मापन गर्दैन । सतही ज्ञान मात्र दर्शाउँछ ।
त्यसैले आफुले जानेको, बुझेको कुरालाई आफ्नै ढंगले लेख्ने अभ्यास गरौं ।
परीक्षा भनेको ‘पास’ र ‘फेल’ हुने सीमारेखा मात्र होइन । आफ्नो ज्ञान, क्षमता अर्थात सिकाई/बुझाई जाँच्ने एउटा विधी हो । त्यसैले परीक्षा दिनुअघि सम्बन्धित विषयमा आफुले के कति जानिएको छ भनेर मनन गर्नु राम्रो हुन्छ ।

No comments

Powered by Blogger.